१० वर्षदेखि अलपत्र रहेको भोर्लेको पक्की पुलको काम सुरु भएको छ । एक महिनादेखि निर्माण व्यवसायीले पुलको कामलाई गति दिएको हो । विगू गाउँपालिका र गौरीशंकर गाउँपालिका जोड्ने भोर्लेको पुल १० वर्षदेखि अलपत्र परेको थियो । कन्सल्टेन्टले गलत डिजाइन गरेपछि निर्माणाधीन पुल अलपत्र परेको थियो ।