दोहा – कुवेतमा तीन सय जना नेपालीको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतले नेपाली कामदारको स्वास्थ्यलाई मध्यनजर गर्दै नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरेको हो । एनआरएनएले कुवेतको साल्मियास्थित मेट्रो स्पेस्लाइज्ड हस्पिटलसँगको सहकार्यमा सञ्चालन गरेको नि:शुल्क स्वास्थ्य शिविरबाट ३ सय बढी नेपाली कामदारले नि:शुल्क स्वास्थ्य सेवा लिएको एनआरएनए कुवेतका अध्यक्ष रानाध्वज लामाले […]