काठमाडौं : सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एकपटक आधारभुत स्वास्थ्य परीक्षण नि:शुल्क गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९ / ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा सो कुरा बताएकी हुन। संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिलामा हुने पाठेघरको मुखको क्यान्सरको नि:शुल्क स्क्रिनिङ सेवा सुरु गर्ने, पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रम विस्तार गर्ने जानकारी दिएकी छि