२३ माघ, काठमाडौं । युथ फर नेशनले खगेन्द्र नवजीवन केन्द्र जोरपार्टीमा नि:शुल्क स्वास्थ्य शिविर तथा ब्ल्याङ्केट वितरण गरेको छ। केन्द्रमा रहेका ८२ जना अपाङ्गता भएका व्यक्तिको आइतबार स्वास्थ्य परीक्षणपछि ब्ल्याङ्केट वितरण गरिएको हो । डाक्टर्स होमसंगको सहकार्यमा स्वास्थ्य परीक्षण पश्चात औषधिसमेत नि: शुल्क वितरण गरिएको युथ फर नेशनका अध्यक्ष डा. निकोलश भुषालले जानकारी दिए । […]