भारत : मास्क नलगाइकन हिँड्नेलाई मुर्गा बन्ने सजाय

भारतको झारखण्डमा रहेको धनबाद जिल्लामा कोरोना संक्रमणका रोगी दिनदिनै बढिरहेका छन् ।  तैपनि मानिसहरू संक्रमणप्रति गम्भीर देखिएका छैनन् । दिनदिनै सयौं मानिस सडकमा घुमिरहेका छन् ।  तर मास्क नलगाई हिँड्नेलाई प्रहरीले कडा कारवाही गरिरहेका छन् । त्यस्तो मानिसलाई प्रहरीले पक्रेर सजायका रूपमा मुर्गा र भ्यागुता बनाएर सडकमा दौडाएको छ ।  अनावश्यक रूपमा सडकमा हल्लिँदै हिँड्नेहरूले सजाय पाएका हुन् । धनबादको सडकमा मास्क र हेल्मेट नलगाई र आवश्यक काम नभई निस्कने मानिसलाई कारवाही गरिएको हो ।  प्रहरी एएस...

सम्बन्धित सामग्री

मास्क नलाए पाँच सय जरिवाना

काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो । निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ […]

सात महिनामा एक अर्बभन्दा बढीको मास्क नेपाल भित्रियो

नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म) को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएका छ ।  उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल

काठमाडौँमा नक्कली मास्क बिक्री गर्ने समातिए

काठमाडौँ- काठमाडौँमा नक्कली मास्क बिक्री गर्दै आएका चार जना पक्राउ परेका छन् । त्रिपुरेश्वरमा विदेशी मास्कको नक्कल गरी कम गुणस्तरको मास्क बनाएर बिक्री गर्ने गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका-११ त्रिपुरेश्वरस्थित महालक्ष्मी इशान इन्टरप्राइजेजका सञ्चालक ३४ वर्षीय वुद्धिबहादुर कार्की, काठमाडौँ भोटेबहाल बस्दै आएका भारत राजस्थानका यश अग्रवाल, २० वर्षीय […]

नक्कली मास्क बेचेको आरोपमा चार जना पक्राउ

काठमाडौँ। महानगरीय प्रहरी परिसरले नक्कली मास्क बेचेको आरोपमा चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर टिकाथली घर भई त्रिपुरेश्वरमा महालक्ष्मी इशान इन्टरप्राइजेज सञ्चालन गर्दै आएका ३४ वर्षीय बुद्धिबहादुर कार्की , भारत राजस्थान घर भई भोटेबहाल बस्ने २० वर्षीय यश अग्रवाल, भोटेबहालमै बस्‍ने २० वर्षीय श्रीयान्स लावटी र सभापोखरी गाउँपालिका-१ घर भई सातदोबाटो बस्‍ने २३ […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

भारत : कोरोना रोगीको अक्सिजन मास्क निकालेर पूजा गरे महिलाहरूले

भारतको उत्तर प्रदेशमा रहेको कानपुरस्थित एक अस्पतालमा कोरोना रोगीको अक्सिजन मास्क निकालेर महिलाहरूले पूजाआजा गरेका छन् ।  ह्यालट अस्पतालको कोभिड वार्डमा यो घटना भएको हो । दुई महिला आएर रोगीको अक्सिजन मास्क निकालेको र पूजापाठ गरेर जयजयकार गर्दै रोगी ठीक भएको दाबी गरेका थिए । उनीहरूले वैदिक मन्त्रोच्चारणका साथ भगवानको नाम लिएर जयजयकार गरेका थिए । आफूलाई कोरोना सर्नसक्ने चिन्ता उनीहरूले नलिएको देखिन्छ । केही समयपछि कोरोना रोगीको मृत्यु भएपछि दुवै महिलाले अस्पतालमा हंगामा मच्चाएका थिए । वार्डका च...

भारत सरकारले कोरोनाको दोस्रो लहरको चेतावनीलाई बेवास्ता गरेको वैज्ञानिकहरूको दाबी

भारत सरकारले मार्च महिनाको आरम्भमा गठन गरेको वैज्ञानिक सल्लाहकारहरूको मञ्चले देशमा कोरोनाभाइरसको नयाँ तथा थप संक्रामक भेरिएन्ट फैलिरहेको भनी चेतावनी दिएको उक्त मञ्चमा रहेका पाँच वैज्ञानिकले रोयटर्स समाचार संस्थालाई बताएका छन् ।  चेतावनी दिएको भए पनि केन्द्र सरकारले भाइरस संक्रमण रोक्नका लागि नियन्त्रण नलगाएको चारजना वैज्ञानिकको आरोप छ । मास्क नलगाएका लाखौं मानिसले चुनावी सभा र धार्मिक मेलामा भाग लिएका थिए ।  अनि दशौं हजार किसानहरू नयाँ दिल्लीका सीमामा कृषि कानूनको विरोध गरेर बसेका थिए ।  मोद...

भारतमा घरभित्र पनि मास्क लगाउन नागरिकलाई आग्रह

एजेन्सी, १३ वेशाख । कोरोना भाइरसको दोस्रो लहर भयावह भएपछि भारत सरकारले आफ्ना नागरिकलाई घरभित्र पनि मास्क लगाउन आग्रह गरेको छ । जथाभावी नहिंड्न र घरभित्र बाह्य व्यक्तिलाई नबोलाउन भनेको छ । भारत सरकारको नीति आयोगको स्वास्थ्यतर्फका सदस्य डा. भी के पाउलले परिवारबीच पनि मास्क लगाउन आग्रह गरेका हुन् । भारतमा कोरोना भाइरसको दोस्रो लहर […]

भारत : मास्क लगाएर हिँड भन्दा प्रहरीलाई थप्पड ! (भिडियो)

भारतको उत्तर प्रदेशमा रहेको कुशीनगरमा एक युवकले गाडीभित्र बसेका प्रहरी अधिकृतलाई गालामा चड्काएर भागेको भिडियो भाइरल बनिरहेको छ ।  जीपमा बसेर कुरा गरिरहेका प्रहरी अधिकृतले युवकको कोलर समातेर थप्पड हान्छन् । अनि युवक पनि प्रहरीलाई थप्पड हानेर भाग्छन् । अर्का प्रहरीले उनलाई लखेट्छन् । मोबाइलमा कसैले यो घटना खिचेर अप्लोड गरेको हो ।    कुशीनगरको पटहेरवा थाना क्षेत्रमा चौकी इन्चार्जले मास्क नलगाई घुम्ने मानिसहरूलाई चेक गरिरहेका थिए । यसै क्रममा जीपमा बसेका इन्चार्जले एक युवकलाई बोलाएर अनि किन मास्क नलगाए...

नेपालबाट भारत छिर्दा मास्क अनिवार्य

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने यात्रुलाई भारतीय शुरक्षाकर्मीले मास्क नलगाइएको पाइए फिर्ता पठाउने गरेका छन्। चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइसरसको संक्रमण भारतमा फैलिन नदिनका लागि भारतीय शुरक्षाकर्मीले सतर्कता अपनाएका हुन्। मास्क लगाएर मात्रै भारतीय सीमा नाका प्रवेश गर्न दिन थालेपछि महेन्द्रनग बजा...