नेपालले पछिल्लो साता महिनामा विभिन्न देशबाट एक अर्बभन्दा बढीको फेस मास्क खरिद गरेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो सात महिना (साउनदेखि माघसम्म) को अवधिमा एक अर्ब एक करोड ९५ लाख ३१ हजार रुपैयाँको फेस मास्क नेपाल भित्रिएका छ । उक्त मूल्यमा ११ करोड २३ लाख ४६ हजार ७३५ थान फेस मास्क नेपाल भित्रिएको विभागले जनाएको छ । नेपालले अष्ट्रेलिया, अष्ट्रिया, बंगलादेश, बेल्जियम, चीन, डेनमार्क, इस्टोनिया, फ्रान्स, जर्मनी, हङकङ, हंगेरी, भारत, इन्डोनेसिया, इराक, इजरायल