नेपालबाट भारत छिर्दा मास्क अनिवार्य

कञ्चनपुर : पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने यात्रुलाई भारतीय शुरक्षाकर्मीले मास्क नलगाइएको पाइए फिर्ता पठाउने गरेका छन्। चीन हुँदै विश्वभर फैलिएको कोरोना भाइसरसको संक्रमण भारतमा फैलिन नदिनका लागि भारतीय शुरक्षाकर्मीले सतर्कता अपनाएका हुन्। मास्क लगाएर मात्रै भारतीय सीमा नाका प्रवेश गर्न दिन थालेपछि महेन्द्रनग बजा...

सम्बन्धित सामग्री

मास्क नलाए पाँच सय जरिवाना

काठमाडौं । भारत सरकारले सबैलाई मास्क लगाउन निर्देशन दिँदै माक्स नलगाउनेलाई ५ सय जरिवाना तोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमा मास्क अनिवार्य गर्दै मास्क नलगाउनेलाई जरिवाना तोकेको हो । निजी कारमा यात्रा गर्नेहरूले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम दिल्ली सरकारले निर्धारण गरेको छ । दिल्लीमा पछिल्लो २४ घण्टामा २ […]

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

पीसीआर रिपोर्टविना भारत प्रवेशमा रोक

दार्चुला । भारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि धार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलंगा पुलघाटका प्रहरी सहायक निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।  उत्तराखण्ड सरकारले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने आदेश जारी गरेको छ । सोही निर्देशिकाअनुसार धार्चुला तहसिलले नेपाल–भारत जोड्ने झोलुंगे पुलमा आवतजावत गर्ने व्यक्तिकोे कोरोना नभएको प्रमाणित हुने रिपोर्ट अनिवार्य गरिइएको हो । भारतमा कोरोना दर उच्च रहेका कारण उसले सीमा प्रवेशमा कडाइ गरेको छ । दार्चुलामा पीसीआर परीक्षण गर्ने उपकरण छैन । यस्तो अवस्थामा दैनिक उपभोग्यका लागि भारतीय बजार धार्चुला पुग्ने नेपाली भने आइतवारदेखि मार्कामा परेका छन् । कोरोना संक्रमणको दर उच्च भइरहेका बेला भारतले धार्चुला बजारमा मास्कमा यसअघि नै कडाइ गरेको थियो । मास्कविना यसअघि पनि भारतले प्रवेश दिएको थिएन । यस्तै भारतीय क्षेत्रमा दिउँसो २ बजेदेखि बजार तथा यातायात बन्द गराएको छ । धार्चुला बजार क्षेत्रमा छ जनामा कोरोनाको नयाँ भेरिएन्ट भेट्टिएपछि दिउसो २ बजेदेखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको हो । भारतीय बजारमा प्रशासनले कडाइ गरे पनि दार्चुलामा भने अझै कडाइ गरिएको छैन । भारतले धार्चुलामा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेपछि नेपालमा के गर्ने भन्नेबारेमा बैठक पछि निर्णय गरिने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए । उनले भने, ‘हामी पनि आज बैठक बसेर सुरक्षा मापदण्डबारे छलफल गर्छौं ।’ कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक यातायातमा मास्क अनिवार्य गरिने भएको हो ।

कोरोना जोखिम पुनः देखिँदा उच्च सतर्कता

छिमेकी देश भारतमा कोरोना भाइरसको सङ्क्रमण पुनः बढ्दै गएपछि यो रोगको रोकथामका लागि सुदूरपश्चिम प्रदेशका सीमा नाकामा सतर्कता अपनाउन थालिएको छ । प्रदेशका नेपाल—भारत सीमा क्षेत्रमा स्थापना गरिएका हेल्थ डेस्कमार्फत केही दिनदेखि शङ्कास्पद व्यक्तिको एन्टिजेन (कोरोनाको सामान्य जाँच) गरेर मात्र प्रवेश गर्न दिइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।           कोरोना सङ्क्रमणको दर घट्दै गएसँगै पछिल्लो केही महिनादेखि सीमानाकामा एन्टिजेनको प्रयोग गरेर स्वास्थ्य जाँच गर्ने काम स्थगित गरिएको थियो । सीमा नाकाबाट भित्रिनेलाई १० दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्न सल्लाह दिने गरिएको मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले बताउनुभयो । “भारतमा कोरोना बढेको खबर आइरहँदा सीमा नाकामा एन्टिजेनको पुनः व्यवस्था गरी कोरोनाको सामान्य जाँच गरेर भित्रिन दिने व्यवस्था गरेका छौँ”, महाशाखाका प्रमुख कार्कीले भन्नुभयो, “केही दिनदेखि मुख्य गरेर कैलालीको त्रिनगर नाका र कञ्चनपुरको गड्डाचौकी नाकामा यो व्यवस्था गरेकामा आवश्यकताअनुसार झुलाघाट र बैतडीका सीमा नाकामा पनि एन्टिजेनको व्यवस्था गर्ने पहल भएको छ ।”           धनगढी उपमहानगरपालिकाद्वारा आइतबार सार्वजनिक गरिएको विज्ञप्तिमा स्वास्थ्य सुरक्षा अपनाउन आग्रह गरिएको छ । उपमहानगरपालिकाले सङ्क्रमण पुनः बढ्न सक्ने जोखिम रहेकाले भीडभाड नगर्न तथा भीडभाडमा जानै परेमा सामाजिक भौतिक दूरी कायम गर्न, मास्क अनिवार्य प्रयोग गर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ । सुदूरपश्चिम प्रदेशमा पछिल्लो केही दिनयता सङ्क्रमणको दर भने शून्य छ ।