भारत : मास्क लगाएर हिँड भन्दा प्रहरीलाई थप्पड ! (भिडियो)

भारतको उत्तर प्रदेशमा रहेको कुशीनगरमा एक युवकले गाडीभित्र बसेका प्रहरी अधिकृतलाई गालामा चड्काएर भागेको भिडियो भाइरल बनिरहेको छ ।  जीपमा बसेर कुरा गरिरहेका प्रहरी अधिकृतले युवकको कोलर समातेर थप्पड हान्छन् । अनि युवक पनि प्रहरीलाई थप्पड हानेर भाग्छन् । अर्का प्रहरीले उनलाई लखेट्छन् । मोबाइलमा कसैले यो घटना खिचेर अप्लोड गरेको हो ।    कुशीनगरको पटहेरवा थाना क्षेत्रमा चौकी इन्चार्जले मास्क नलगाई घुम्ने मानिसहरूलाई चेक गरिरहेका थिए । यसै क्रममा जीपमा बसेका इन्चार्जले एक युवकलाई बोलाएर अनि किन मास्क नलगाए...