भारतको उत्तर प्रदेशमा रहेको कानपुरस्थित एक अस्पतालमा कोरोना रोगीको अक्सिजन मास्क निकालेर महिलाहरूले पूजाआजा गरेका छन् । ह्यालट अस्पतालको कोभिड वार्डमा यो घटना भएको हो । दुई महिला आएर रोगीको अक्सिजन मास्क निकालेको र पूजापाठ गरेर जयजयकार गर्दै रोगी ठीक भएको दाबी गरेका थिए । उनीहरूले वैदिक मन्त्रोच्चारणका साथ भगवानको नाम लिएर जयजयकार गरेका थिए । आफूलाई कोरोना सर्नसक्ने चिन्ता उनीहरूले नलिएको देखिन्छ । केही समयपछि कोरोना रोगीको मृत्यु भएपछि दुवै महिलाले अस्पतालमा हंगामा मच्चाएका थिए । वार्डका च...