प्रचण्डपछि माधव नेपालको निर्णय कुर्दै कांग्रेस : गठबन्धन रहिरहन्छ या शक्तिमा फेरि केपी ओलीको हुन्छ उदय?

काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन गर्नैपर्ने मिति जति नजिकिएको छ, त्यत्तिकै रफ्तारमा चलिरहेको छ दलहरु बिचको रस्साकस्सी। दलहरुबिच यस विषयमा छलफल बाक्लिए पनि सहमति जुट्ने संकेत देखा परिसकेको छैन। एमसीसी परियोजना अनुमोदन गर्नैपर्ने पक्षमा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसमा एकमत छ। तर, सत्ता साझेदार…

सम्बन्धित सामग्री

रुकुम पश्चिममा ६ मध्ये चार पालिकामा कांग्रेस–एमाले गठबन्धन

सुर्खेत : स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन दल बीच मात्र समीकरण गर्ने केन्द्रको निर्णय लत्याउँदै रुकुम पश्चिममा कांग्रेस र एमालबीच समीकरण भएको छ।यसअघि माओवादी केन्द्रको प्रभाव रहेका रुकुम पश्चिमका स्थानीय तहमा लालकिल्ला भत्काउने भन्दै दुई दलको तालमेल भएको हो।सत्ता गठबन्धनका दलहरूको बीचमा रहेको बेमेलका कारण कांग्रेसले एमालेसँग सहकार्य गर्ने निर्णय गरेको हो। मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा कांग्रेस–एमाले गठबन्धन निर्माण भई  उम्

गोरखामा सत्ता गठबन्धन भत्कियो : एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

गाेरखा - नेपाली कांग्रेस गोरखाले आउँदाे पालिका चुनावमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । आइतवार बिहान बसेको जिल्ला कार्यसमितिको आकस्मिक बैठकले सत्ता गठबन्धनका कुनै पनि दलसँग तालमेल नगर्ने निर्णय गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा गाेरखा कांग्रेस सभापति नन्दप्रसाद न्यौपानेले ८ पटकसम्म बसेको गठबन्धन संयन्त्रको बैठकबाट सहमति जुट्न नसकेपछि एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘गठबन्धनका केही राजनीतिक दलको महत्वाकाङ्क्षा र राजनीतिक अपरिपक्वताका कारण गठबन्धन जोगाइराख्ने...

आफूले जितका पालिका छाडेर गठबन्धन हुँदैन : कांग्रेस तनहुँ

नेपाली कांग्रेस तनहुँले आफूले जितेको पालिका आफैँसँग रहने गरी गठबन्धन गर्ने निर्णय गरेको छ । कांग्रेस तनहुँको आज सम्पन्न विस्तारित बैठकले गत निर्वाचनमा कांग्रेस विजयी भएको पालिका आफैँसँग रहने गरी अन्यमा सल्लाह गर्न सक्ने निष्कर्ष निकालेको हो । कांग्रेसले जितेका पालिका छाडेर गठबन्धन गर्न नसकिने बैठकले निष्कर्ष निकालेको छ । “कांग्रेसले जितेका ठाउँ छाडेर जाने …

पर्सामा सत्तारुढ गठबन्धन भंग, कांग्रेस र जसपा छुट्टिए

काठमाडौं । पर्सामा सत्तारुढ गठबन्धन भंग भएको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्न सहमत भएसँगै गठबन्धनको औचित्य सकिएको हो । केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि स्थानीय तहमा भने कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन् । कांग्रेस पर्साका […]

भोजपुरका सबै वडामा गठबन्धन गर्ने निर्णय, दबाबमा एमाले

सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन् । कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो । ‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,

चितवनका ७ वटै पालिकामा गठबन्धन गर्ने पाँच दलकाे निर्णय

चितवन – चितवनका पाँच वटा राजनीतिक दलले आउँदो स्थानीय तहको चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । आज साेमवार बिहान बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको बैठकले वैशाख ३० गते हुने चुनावमा चितवनका सात वटै पालिकामा गठबन्धन गर्ने निर्णय गरेको हो ।  कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले सात वटै पालिकामा गठबन्धनका दलहरूको बैठक बसेर संयन्त्र निर्माण गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ । चितवनमा भरतपुर महानगर...

चितवनमा गठबन्धन दलबीच तालमेल गर्ने निर्णय

काठमाडौं, २१ चैत्र । चितवनमा सत्तागठबन्धन दलले आगामी चुनावमा तालमेल गर्ने भएका छन् । कांग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको सत्ता गठबन्धन जिल्ला स्तरीय संयन्त्रको आज बसेको बैठकले जिल्लाका ७ वटा स्थानीय तह र जिल्ला समितिमा समेत चुनावी तालमेल गर्ने निर्णय गरेको हो । संयन्त्रले आसन्न स्थानीय चुनावलाई लक्षित गर्र्दै ४ बुंदे निर्णय गरेको […]

उदयपुरका सबै स्थानीय तहमा गठबन्धन गर्ने निर्णय

उदयपुर– उदयपुरका सबै स्थानीय तहमा आगामी निर्वाचनमा पाँच राजनीतिक दलले गठबन्धन गर्ने निर्णय गरेका छन् । केन्द्रले पाँच दलबीच गठबन्धन गर्नेगरी छलफल चलाएअनुसार नै उदयपुरमा मोर्चाबन्दी गरेर अघि बढ्ने निर्णय भएको हो । यहाँका पाँच दलमा आबद्ध गठबन्धनका नेताहरूले शनिबार बैठक गरी आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेका हुन् । नेपाली कांग्रेस […]

स्थानीय आवश्यकता र अवस्थाका आधारमा गठबन्धन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ- नेपाली कांग्रेसले आगामी निर्वाचनमा स्थानीय अवस्था र आवश्यकता अनुसार गठबन्धन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा हिजो मंगलबार सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले केन्द्रबाट गठबन्धन गर्दा स्थानीय आवश्यकताको सम्बोधन नहुने भन्दै स्थानीय अवस्था र आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो । स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति […]