बिसौँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइने भएको छ । कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले जलवायु परिवर्तनका कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न र जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं प्रविधिको प्रचारप्रसार गर्ने गरी धूमधामका साथ दिवस मनाउने तयारी भइरहेको बताउनुभयो । जलवायु परिवर्तनप्रति कृषक र अन्य सम्बद्ध पक्षलाई सचेत र जागरुक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश यस वर्षको नाराले दिएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

हिलो पोतिएका अनुहार (तस्वीरहरू)

१५ असार, काठमाडौं। ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आज २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइएको छ । धान रोप्ने अनि मानो खाएर मुरी उब्जाउने यस महिना कृषि कार्यका लागि विशिष्ट महत्वको छ । धान दिवसलाई रोपाइँ दिवस पनि भन्ने गरिन्छ। यसै दिनलाई दही-चिउरा खाने दिनको […]

असार १५ गते राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सव

काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]

धानको उत्पादन बढाउने नीति लिउँ

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]

२५ प्रतिशत कृषियोग्य जमिन बाँझो !

‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ आज देशभर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बुधवार मनाइएको छ । यसै क्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र खुमलटारमा धान दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले कृषिमा आत्मनिर्भर हुन गाह्रो भइरहेको बताएका छन् । उनले एकातिर खाने मुख बढिरहेको, अर्कोतिर कृषियोग्य जमिन घटिरहेकाले कृषिमा आत्मनिर्भर हुन गाह्रो भएको जिकिर गरे ।कृ

मन्त्री यादवले मेसिनबाट रोपे धान

कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रका सहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री

राष्ट्रिय धान दिवस : मन्त्री यादवले मेसिनबाट रोपे धान (फोटो फिचर)

काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्री  महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए […]

झापामा २० प्रतिशत रोपाइँ सकियो : धान दिवसमा हिले दौड (फोटोहरू)

झापा : सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा मनाएको हो।गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाइँ गरेका थि

झापाको धान सुपरजोनमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो

झापाको धान सुपरजोन क्षेत्रमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७८ मनाइएको छ । ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’ भन्ने मुल नाराका साथ महोत्सव आयोजना गरिएको हो । धान सुपरजोन क्षेत्रको रुपमा रहेको कचनकवल गाउँपालिका १ घेराबारीमा कृषि ज्ञान केन्द्र झापाले रोपाइँ &nbs...

आज राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइँदै

‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।