‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ आज देशभर १९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव बुधवार मनाइएको छ । यसै क्रममा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र खुमलटारमा धान दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले कृषिमा आत्मनिर्भर हुन गाह्रो भइरहेको बताएका छन् । उनले एकातिर खाने मुख बढिरहेको, अर्कोतिर कृषियोग्य जमिन घटिरहेकाले कृषिमा आत्मनिर्भर हुन गाह्रो भएको जिकिर गरे ।कृ