झापा : सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा मनाएको हो।गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाइँ गरेका थि