काठमाडौँ– सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि : धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ आगामी असार १५ गते २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव गर्ने भएको छ । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले विसं २०६१ देखि मनाइँदै आएको धान दिवस तथा रोपाइँ महोत्सव मनाउने निर्णय गरेको हो । […]
‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ असार १५ मा यस वर्ष पनि राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइयो । सरकारले १९ औं राष्ट्रिय धान दिवस मनाइरहँदा आफ्ना कमी–कमजोरी खोजेर त्यसको समाधान निकाल्ला र आगामी वर्ष धानको उत्पादन बढ्ला भन्ने आशा भने नगर्दा हुन्छ । बिरालाको घाँटीमा घण्टी बाँध्ने, […]
काठमाडौँ – कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपेका छन् । राष्ट्रिय धान दिवसको अवसरमा बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा मन्त्री यादवले मेसिन चलाएर धान रोपेका हुन् । सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए […]
१५ असार, काठमाडौं । रोपाइँ गरेर आज विभिन्न जिल्लामा राष्ट्रिय धान दिवस मनाइँदै छ । दिवसको अवसरमा ललितपुरको खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रले पनि रोपाइँ महोत्सव आयोजना गरेको छ । कार्यक्रममा कृषि मन्त्री महिन्द्र राय यादवले मेसिनमार्फत् धान रोपेर धान रोपाइँको शुभारम्भ गरे । रोपाहारले भने हातैले धान रोपेका थिए । १९ औं राष्ट्रिय […]
राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा २५ हेमजास्थित टमाइफाँटमा रहेको १० रोपनी क्षेत्रफलमा रोपाइँ महोत्सव हुन लागेको हो । कोरोना संक्रमणका कारण २ वर्ष रोकिएको १७ औं संस्करणको महोत्सव यो वर्ष आयोजना हुँदैछ ।सबै याममा पर्यटक बोलाउन परिषदले महोत्सव गरेको हो । आन्तरिक तथा वाह्य पर्यटक प्रवर्द्धन गर्दै परम्परागत नेपाली संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टर
राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयोः असार १५ राष्ट्रिय धान दिवस पोखरामा पनि मनाइयो । कोरोनाले गर्दा यस वर्ष संस्थागत ढंगले धान रोपाइँ महोत्सव नभए पनि विभिन्न ठाउँमा स्थानीय किसानहरुले आ—आफ्नो ढंगले एक आपसमा हिलो छ्यापाछ्याप गर्दैै त केही युवाहरु हिलोमै फुटबल खेलेरसमेत असार १५ मनाएका हुन् । पोखरा २५ हेमजामा धान रोपाइँमा सहभागीहरु हिलोमा […]
झापा : सरकारले धान सुपर जोन क्षेत्र घोषणा गरेको झापामा जिल्लामा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि भन्ने मूल नाराका साथ जिल्ला कृषि ज्ञान केन्द्र झापाले यस वर्षको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव दक्षिणी झापाको कचनकवल गाउँपालिका १ स्थित घेराबारीमा मनाएको हो।गणेश कृषि समूहको सहकार्यमा आयोजित रोपाइँ महोत्सवमा हिले दौड प्रतियोगिता सम्पन्न गर्दै सहभागीहरूले सामूहिक रोपाइँ गरेका थि