सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन भइरहे पनि नेतृत्व छनोटका लागि सकस परिरहेको छ । सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका कारण नेतृत्वका लागि सहमति जुटाउन खोज्दा अधिवेशन लम्बिएको हो ।केही जिल्लामा नेतृत्वका विषयमा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रकृया अघि बढेको छ । कैलाली जिल्लामा नेतृत्व छनोटका लागि सहमतिको प्रयास जारी छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सहमति जुट्न नसकेको अवस्थामा चुन