कैलालीको एमाले अध्यक्षमा जुटेन सहमति, निर्वाचनको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलाली जिल्लामा एमालेको नेतृत्व दाबी गर्नेहरूबीच अझै सहमति जुट्न सकेको छैन। वर्तमान अध्यक्षसमेत रहेका रतन थापा पुनः अध्यक्षमा दोहोरिनेमा दाबी गरिरहेका छन्।यस्तै, उपाध्यक्ष रणबहादुर चन्द र जिल्ला कमिटी सचिवालय सदस्य डेजी पाण्डेयले पनि अध्यक्षमा दाबी गरिरहेका छन्। उनीहरुले पनि दाबी नछाड्ने भएपछि सहमतिमा नेतृत्व चयन गर्न सकस भएको छ।शुक्रबार सुरु भएको आठौँ जिल्ला अधिवेशनले शनिबार नयाँ नेतृत्व चयन गर्ने तयारी गरेको छ। तर, अध्यक्षका आकांक्षीबीच सहमति हुन

सम्बन्धित सामग्री

एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौं । निर्वाचनको तयारी तथा रणनीति बनाउन नेकपा (एमाले) को केन्द्रीय तहका बैठकहरु आज मंगलबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीबारे छलफल गर्ने एक नेताले जानकारी दिनुभयो । मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटव्युरो, १० र ११ गते केन्द्रीय कमिटी तथा भदौ […]

बहुमत ल्याउनेगरी चुनावको तयारी गरिरहेका छौं : भट्टराई

काठमाडौं : नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले आफ्नो पार्टीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा बहुमत ल्याउने गरी तयारी गरिरहेको बताएका छन्। पार्टीको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख समेत रहेका भट्टराईले संघ र प्रदेश दुवैमा बहुमत ल्याएर सरकार बनाउने गरी पार्टीले आगामी निर्वाचनको तयारी गरिरहेको बताएका हुन्।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचनका लागि आफ्नो पार्टीले जनताको आकांक्षा अनुरुपको घोषणा पत्र निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गरे। त

च्यासलमा एमाले सचिवालय बैठक

ललितपुरमा नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।  पार्टी केन्द्रीय कार्यालय च्यासलमा सचिवालय बैठक सुरु भएको हो ।  बैठकमा आगामी निर्वाचनको तयारी, प्रचार प्रसार व्यवस्थापन लगायतका विषयमा छलफल भएको बताइएको छ ।सचिवालय बैठकमा सात कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय कार्यालय निकट स्रोतले जानकारी दिएको छ । बैठकमा  वैचारिक–राजनीतिक प्रशिक्षण, सदस्यता विस्तार र नवीकरण, विभागको काम व्यवस्थापन लगायतका कार्यसूची रहेको बताइएको छ ।

आगामी निर्वाचनको तयारी गर्ने एमाले संसदीय दलको निष्कर्ष

नेकपा (एमाले) को बुधबारको संसदीय दलको बैठकले आगामी निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, बैशाख ५ । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बेलुका साढे ६ बजे बस्ने तय भएको बैठकमा स्थानीय तह निर्वाचनको तयारी, पार्टीको घोषणापत्र, उम्मेदवार छनौट गर्नेबारे छलफल हुने जनाइएको छ ।

एमाले सचिवालय बैठक सुरु

नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।  स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न सो पार्टीको सचिवालय बैठक सुरु भएको हो । भक्तपुरको गठ्ठाघरस्थित जर्मन हस्पिटालिटी होम्समा सुरु भएको बैठकमा  केन्द्रीय विभागहरू गठन, प्रदेश, जिल्ला र जनसङ्गठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।एमालेको दशौँ महाधिवेशनबाट पारित विधानअनुसार अध्यक्ष केपी शर्मा ओलीसहित १९ पदाधिकारी रहेको सचिवालय रहने व्यवस्था छ

एमाले सचिवालय बैठक बस्दै

स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसङ्गठन सञ्चालन निर्देशिका निर्माणलगायत विषयमा छलफल गर्न नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ।...

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बुधबारका लागि बोलाइएको छ । केन्द्रीय पार्टी कार्यालयका अनुसार दिउँसो १ बजेका लागि भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो । बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको तयारी पूरा, खोप केन्द्र पनि सञ्चालन हुने

बागमती प्रदेशका तर्फबाट प्रतिनिधित्व हुने दुईजना राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको पदपूर्तिका लागि माघ १२ गते हुने निर्वाचनको सबै तयारी पूरा भएको छ । भोलि बुधबार हेटौँडाको औद्योगिक  क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयमा हुने मतदानका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौँडाका प्रमुख लुमनाथ पोखरेलले जानकारी दिए ।राष्ट्रियसभा सदस्यका लागि नेकपा (एमाले) ले ललितपुरका गोपाल शाक्य र सिन्धुलीकी निरु दर्लामीलाई उम्मेदवार बनाएको छ भने सत्तारूढ गठबन्धनले नेपाली कांग्रे