काठमाडौं : सन्तोष सेन र छेतन गुरुङको संयुक्त निर्देशन रहेको नेपाली फिल्म 'प्रेम गीत ३' फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ। बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत फिल्मका निर्देशक तथा निर्माता सेनले फिल्मको प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। 'प्रेम गीत ३' को पोष्टर राख्दै सेनले दर्शकलाई लक्षित गरेर लेखेका छन्, 'हजुरहरूको लागि ठूलो चुनोती मोलेर एउटा यस्तो काम गर्ने हिम्मत जुटाएका थियौँ। कोरोना कालको समयमा पनि थप हिम्मतका साथ नेपालदेखि भारतको यात्रामा दिग्गज दिग्