तिहार सकिनेबित्तिकै घाँटीमा माला पहिरिएर गाउँ डुलिरहेका उम्मेदवारको कुरा सुन्ने हो भने असम्भव भन्ने कुरा केही पनि छैन । सबै कुरा उतिखेरै चुड्कीको भरमा हुन्छ, तर सर्त सबैको एउटै छ, चुनावमा उसैले जित्नुपर्छ । चुनावको बेला उसले असम्भव सबै काम फत्ते गर्न सक्छ, अरुबेला त वरको सिन्को पर पनि सर्दैन, कामको त कुरै नगरौँ। यस्तो हुने कारण के होला ? अथवा चुनाव लागेपछि उम्मेदवार किन पावरफुल हुन्छ त ? यसको रहस्य जान्न उम्मेदवारको अर्थ हेरौँ ।उम्मेद र वार मिलेपछि उम्मेदवार हुन्छ । चाकडी, चाप्लुसी, भनसुन, धम्की, घुर्की र त्यतिले पनि...