कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रा. डा. जागेश्वर गौतमको सरुवा गरिएको छ ।
सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरेको हो ।
युनिफाइड अस्पतालको प्रमुख भएदेखि नै गौतम विवादमा मुछिँदै आएका थिए ।
तत्कालीन केपी ओली सरकारले डा. गौतमलाई गत जेठ १० गते युनिफाइड अस्पतालको प्रमुखमा नियुक्त गरेको थियो ।