प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल)का प्रमुख प्रा.डा. जागेश्वर गौतमको सरुवा रोकिदिएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमवार गौतमलाई परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा सरुवा गरेका थिए ।
तर, प्रधानमन्त्रीले देउवाले अहिले सरुवा पनि नगर्ने र नयाँ नियुक्ति पनि रोक्ने भनेपछि गौतमको सरुवा रोकिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले लोकान्तरसँग भने, ‘अहिले उहाँलाई होल्ड गरिएको छ ।’
सोमवार स्वास्थ्य मन्त्रालयले गौतम...