वरिष्ठ चिकित्सक जागेश्वर गौतमले आफूलाई काम गर्न नदिइएको गुनासो गरेका छन् । कोभिड युनिफाइड अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारी रहेका उनलाई सरुवा गरेर थापाथलीस्थित प्रसूति गृह पठाएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । वीर अस्पतालमा कार्यरत केही निजी अस्पतालको पक्षपोषकले आफूलाई काम गर्न नदिएको उनको आरोप छ । 'वीरमा सञ्जालनै रहेछ, जसले मलाई काम गर्न दिएन’, उनले भने, ‘भोलिदेखि नै प्रसूति गृहमा गएर काम गर्छु ।’ उनले आफ्नो कार्यकालमा वीर अस्पताललाई सुधारको प्रय