परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघिनै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो । सरकारले एक मात्र अन्तरराष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो …