बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज नेपाल प्रस्थान गरेका छन् । लन्डनस्थित हिथ्रो विमानस्थलबाट आज अपरान्ह ५ः४० को टर्किस एअर्लाइन्सबाट रेग्मी नेपाल फर्किएका हुन् । लन्डनबाट स्तान्बुल ट्रान्जिट हुँदै भोलि सोमबार स्थानीय समयअनुसार ११ः३० मा काठमाडौँ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्नेछन् । राजदूतलाई बिदाइ गर्न दूतावास नियोग उपप्रमुख एवं प्रवक्ता रोशन खनाल, सैनिक सहचारी रत्न बहादुर गोदार, द्वितीय सचिव रामबाबु नेपाल लगायतका कर्मचारीहरु विमानस्थल पुगेका थिए ।बेलायतका लागि एक्काइसौं राजद