काठमाडौं : सामान्यतया विमानस्थलबाट देश छोडेर रोजगारीको खोजीमा विदेशिने अधिकांश नेपालीको अनुहार मलिन देखिन्छ। तर,बुधवार फरक दृश्य देखियो रोजगारीको खोजीमा विदेशिनेको अनुहार चम्किलो थियो। बुधबार मध्याह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुग्दा मानिसको भीड देखिन्थ्यो। गलामा खाँदा,हालमा ठुलो झोला,हँसिलो अनुहारसहित त्रिभुवन विमानस्थल अगाडी देखिन्थे। करिब २ वर्ष देखि रोजगारीको प्रतिक्षामा रहेका नेपाली कोरिया जाने बाटो खुलेसँगै बिदेशिन लागेका थिए। २ वर्षको पर्खाइमा रोजगारीको बाटो खुलेस