कहाँ अड्कियो तस्करीको सुन छानबिन आयोग गठन प्रक्रिया ?

काठमाडौं : गत साउनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाहिरबाट नियन्त्रणमा लिइएको सुन तस्करी प्रकरणको छानबिनका लागि असोज ५ गतेभित्र उच्चस्तरीय आयोग बनाउने सहमति दलहरूबीच भएको थियो। सहमतिअनुसारको समय घर्किसक्दा पनि उच्चस्तरीय आयोग गठन हुन सकेको छैन। एक महिनाअघि आयोग गठन गर्ने सहमति भए पनि गठबन्धन र एमालेबीच आयोग गठनका विषयमा सहमति जुट्न सकेको छैन। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार पार गरेको तस्करीको सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले गत साउन ३ गते बरामद गरेको थियो। प्