हेटौंडा : एमाले छोडेर नयाँ दल रोज्न निर्वाचन आयोगले दिएको समय सकिनै लाग्दा बागमती प्रदेशका प्रतिपक्षी दलले सरकारको दिन गन्ती गर्न थालेका छन्।नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) दल छनोट गर्न निर्वाचन आयोगले दिएको समय भदौ २२ गते सकिँदैछ। २३ गते उता प्रदेशमा आधिकारिक रूपमा एमाले विभाजन हुने र सरकार अल्पमतमा पर्ने निश्चितजस्तै भएपछि विपक्षी दलले सरकारको दिन गन्ती गर्न थालेका हुन्।दल विभाजनसम्बन्धी अध्यादेशले एमालेबाट फुटेर बनेको एकीकृत समाजवादी रोज्नलाई स्थान