काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले काठमाडौं‚ ललितपुर र भक्तपुरमा जोरबिजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागु गरेको हो।जसअनुसार जोर गते जोर नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ। बिजोर गते बिजोर नम्बर प्लेटका चल्नेछन्। तर‚ यो नियम अत्यावश्यक सेवाका सवारी साधनहरूमा लागु नहुने प्रशासनले जनाएको छ।औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ ग्याँस‚ प