चीर प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरेको थियो ।
नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।
फुटबल प्रतियोगिताको फाइनल गेम हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए । ओल...