दुई छिमेकी मुलुक चीन र भारत जोड्ने उत्तर–दक्षिण लोकमार्गको भौतिक प्रगति कमजोर देखिएको छ । उत्तर र दक्षिणको सीमानाका जोड्ने तीनवटा लोकमार्ग कोसी, कालीगण्डकी र कर्णालीको निर्माणले लक्ष्यअनुसार गति लिन सकेको...
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको रामेछाप खण्डको निर्माण कार्यमा ढिलाइ भएको छ । निर्माण थालिएको ८ वर्ष बित्दा पनि कुनै–कुनै स्थानमा ट्र्याक खोल्ने कामसमेत हुन सकेको छैन ।
तनहुँको देवघाटदेखि मुस्ताङसम्म जोड्ने छोटो दूरीको सडक हो शालिग्राम करिडोर । वर्षौं अघिदेखि यो लोकमार्गको चर्चा चलेपनि बजेट अभावले काम सुस्त गतिमा थियो । सङ्घीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्वका साथ राखेर काम अगाडि बढाइएको छ ।
शालिग्राम करिडोर अन्तर्गत अहिले तनहुँ खण्डमा धमाधम काम भइरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो । घिरिङ गाउँपालिका–१ बैडीलाई शुन्य विन्दु मानेर सोही ठाउँबाट सडक निर्माणको शिलान्यास गरिएको छ ।
मध्यपहाडी लोकमार्ग कालेपत्रेको काम सुस्त भएको भन्दै खोटाङका प्रदेशसभा सदस्य राजन राईले आक्रोश पोखेका छन्। ठेकेदारको ढिलासुस्तीका कारण एकपल्ट थप भएको म्याद गुज्रिदा समेत मध्यपहाडी लोकमार्गको दिक्तेल–हलेसी खण्डको कालोपत्रेका काम आधा मात्र पूरा भएको भन्दै प्रदेशसभा सदस्य राईले आक्रोश पोखेका हुन्।