काठमाडौं : अफगानिस्तानको सत्तामा पुगेको तालिबानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिको विरोध गर्दै आफ्नो देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ।तालिबानका वरिष्ठ नेता शहाबुद्दिन दिलावरले एक रेडियो अन्तर्वार्तामा सरकार चलाउन सक्ने तालिबानको क्षमता भारतले छिटै थाहा पाउने बताए। उनले अफगानिस्तानको आन्तरिक मामिलामा दखल नदिन भारतलाई चेतावनीसमेत दिएका छन्।केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले गुजरातको एउटा कार्यक्रममा आतंक र यसको त्रासबारे दिएको अभिव्यक्तिको