खानेपानी मन्त्रालयले बाढीबाट क्षतविक्षत मेलम्ची खानेपानी आयोजनाको पुनः निर्माणको खाका फाइलन गर्न मन्त्रीको प्रतीक्षा गरिरहेको छ । बहुचर्चित आयोजना क्षति भएको अढाई महिना बिते पनि कुन काम कसरी गर्ने ? कसले गर्ने ? बजेटको व्यवस्थापन कसरी मिलाउने ? जस्ता विषयको निर्णय कर्मचारीको तहबाट मात्र हुन सकेको छैन ।