काठमाडौं : काठमाडौं महानगरको घट्टेकुलो मैतीदेवी क्षेत्रमा डेंगु ज्वरोका बिरामी बढेको पाइएको छ। घट्टेकुलो र मैतीदेवी क्षेत्रबाट पछिल्लो समय ज्वरो आएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारको लागि जाने बिरामी समेत धेरै रहेको बताइएको छ।अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार ती क्षेत्रबाट पछिल्लो समय एकै खालका लक्षण भएका धेरै बिरामी उपचारका आएका र परीक्षण गर्दा डेंगु पुष्टि भएको बताए। ‘यहाँ आएका बिरामीको अवस्था र बिरामीहरूले त्यस ठाउँको स्थिति बारे भन्दा डेंग