कैलालीको अत्तरियादेखि गोदावरीसम्मको ६ लेन सडक निर्माण आयोजना खारेज (फेज आउट) हुने जोखिम बढेको छ । आउँदो असारमा आयोजना सक्नुपर्ने भए पनि हाल काम नभइरहेकाले अन्तिम चरणमा रहे पनि आयोजना खारेजी हुने जोखिम बढेको हो । अत्तरिया–धनगढी भन्सारसम्मको १४.५ किलोमिटर सडकको काम करिब ७ प्रतिशत मात्रै बाँकी छ ।