काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ ।
हिजो बुधवारदेखि सुरु भएको एकता महाधिवेशनमा आज बिहीवार बिहान १० बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने कार्यतालिका भए पनि महाधिवेशन प्रतिनिधिको नाममा विवाद भएपछि अहिलेसम्म मतदाता नामावली नै प्रकाशन हुन सकेको छैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार महाधिवेशनको चुनावमा सहभागी हुने मतदाताको अन्तिम नामावली टुङ्ग्याउने काम भइरहेको छ । अहिल...