कांग्रेस महाधिवेशन: प्रदेश दुईमा शुरु भएन वडा अधिवेशन, कार्यतालिका प्रभावित हुने
धनुषा। नेपाली कांग्रेसको पालिका अधिवेशनको मिति आउन ३ दिन बाँकी रहँदा प्रदेश–२ का कुनै जिल्लामा वडा अधिवेशन सुरु भएको छैन । प्रदेश–२ मा अहिलेसम्म वडा अधिवेशन शून्य भएपछि त्यसपछि हुने सबै निर्वाचन कार्यतालिका प्रभावित हुने भएको छ ।
काठमाडौं, असोज ९ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार पाँच दर्जन जिल्लामा पालिका तहको अधिवेशन हुने भएको छ। पूर्वनिर्धारित कार्यतालिकाअनुसार वडा अधिवेशन भएका अधिकांश जिल्लामा पालिका तहको अधिवेशन हुन लागेको हो। एक दर्जन जिल्लामा क्रियाशील सदस्यताको टुंगो लाग्न नसक्दा कांग्रेसको १४औं महाधिवेशन भने पुनः अन्योलमा पर्न गएको छ। सिंहदरबारमा शुक्रबार बसेको पदाधिकारी बैठकमा सदस्यता टुंगो […]
गाउँ–नगर अधिवेशनका मतदाता वडा सभापति र क्षेत्रीय प्रतिनिधि हुने भएकाले गाउँ–नगर अधिवेशन हुन सबै जिल्लाभित्र वडा अधिवेशन भइसक्नुपर्छ । तर, केन्द्रीय निर्वाचन समिति भने पुनः निर्वाचन कार्यतालिका परिमार्जन गर्ने पक्षमा छैन ।
वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद बन्न पुगेन । केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो।...
२२ भदौ काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको […]
काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आज (शुक्रबार)बाट औपचारिकरुपमा सुरु भएको छ । अधिवेशन सुरु भएको पहिलो दिन ३५ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।क्रियाशील सदस्यता सार्वजनिक गरिएका ५६ जिल्लामध्ये बाँकी २१ जिल्लाको वडा अधिवेशन २३ गते सकिने निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए छन्।यादवले भने, ‘बाढी पहिरोलगायतका कारणले एकै दिन सबै जिल्लामा वडा अधिवेशन हुन नसकेको हो, केही जिल्लाका निर्वाचन अधिकृतहरूले २३ ग
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन भोलि शुक्रबारदेखि शुरू हुँदै छ । मंसिर ९ देखि १३ सम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत पहिलो चरणमा वडा अधिवेशन हुन लागेको हो । एकसाथ ७७ वटै जिल्लामा वडा अधिवेशन गर्ने भनिए पनि त्यो सम्भव नभएपछि शुक्रबार अधिवेशन हुन नसकेका वडाहरूको २७ […]
काठमाडौ, भदौ १७ । नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया भोलि शुक्रबारबाट सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिबाट वडा अधिवेशन सुरु हुने भएको हो । तर, सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरकफरक हुने भएको छ । अर्थात्, १८ बाट २३ भदौसम्म […]
काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका शीर्ष नेताहरू दसैंअघि १४औं महाधिवेशन सक्नेगरी आन्तरिक छलफलमा जुटेका छन्। यसअघि तोकिएको मिति भदौ १६-१९ मा महाधिवेशन नहुने भएपछि शीर्ष नेताहरू दसैंअघि सम्पन्न गर्नेगरी सहमति जुटाउने प्रयासमा लागेका हुन्। सभापति शेरबहादुर देउवासहित संस्थापन पक्ष भदौमै वडा अधिवेशन गरेर महाधिवेशनका लागि केही समय लिने पक्षमा देखिएको छ। छठपछि महाधिवेशन भए […]