कांग्रेस-एमालेद्वारा प्रदेश १ काे नाम ‘कोशी’ प्रस्ताव

विराटनगर– प्रदेश नम्बर १ को नाम कोसी राख्न प्रस्ताव गरिएको छ । नेकपा एमालेको प्रस्ताव र नेपाली कांग्रेसको समर्थनमा कोशी नाम राख्न संसद् सचिवालयमा  प्रस्ताव दर्ता भएको छ ।  जसअनुसार एमालेका  प्रदेशसभा सदस्य राम रानामगर प्रस्तावक र कांग्रेसका भूमिप्रसाद राजवंशी समर्थक रहेर प्रस्ताव संसद सचिवालयमा दर्ता भएको हो ।   ‘संविधानको धारा २९५ को उपधारा २ […]

सम्बन्धित सामग्री

प्रदेश १ को नाम : कांग्रेस र एमाले मिल्दा पारित भयो कोशी

१७ फागुन, बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । बुधबार साँझ भएको मतदानमा कोशीको पक्षमा ८२ मत खसेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र, र राप्रपा तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका […]

प्रदेश १ को नाम 'कोशी प्रदेश': पक्षमा ८२, विपक्षमा ४ मत

नेकपा एस र जसापले भने प्रदेशको नाम 'किराँत, लिम्बूवान् सगरमाथा प्रदेश' राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेशसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएको छ ।

प्रदेश १ नामकरणविरुद्ध यायोक्खाले बिहीबार चक्का जाम गर्ने

काठमाडौं : किरात राई यायोक्खाले प्रदेश १ को नामकरणविरुद्ध भोलि (बिहीबार) १ नम्बर प्रदेशका सबै जिल्लामा चक्का जाम गर्ने घोषणा गरेको छ। बुधबार विभिन्न राजनीतिक दलले प्रदेशको नाम कोशी राख्ने प्रस्ताव गरेपछि यायोक्खाले चक्का जाम घोषणा गरेको हो।बुधबार पत्रकार सम्मेलन गरी यायोक्खाले किरात पहिचान, भूगोललगायत सबैको आधारमा किरात प्रदेश नै नामकरण गरिनुपर्ने अडान राखेको छ। यायोक्खाका उपाध्यक्ष जनक राईले प्रदेशवासीको चाहनाविपरीत प्रदेश १ को नाम कोशी राख्ने चलखेल भइरहेकोमा आपत्ति जनाए।उनले भने, ‘य

प्रदेश १ : नाम तय गर्न सर्वदलीय बैठक‚ फेरि छलफल गर्ने सहमति

विराटनगर : प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा नामबारे छलफल सम्पन्न भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दलका नेताहरूले नामबारे आफ्नो धारणा राख्दै पुनः बस्ने गरी छलफल सम्पन्न भएको सहभागी नेताहरूले बताए।बैठकमा एमाले नेताहरूले प्रदेशको नाम कोशी राख्नुपर्ने अडान राखेका थिए भने सत्तारुढ दलका नेताहरूले पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने धारणा राखेको संघीय लिम्बुवान राष्ट्रिय मञ्चका तर्

प्रदेश  १ को नाममा दुई शब्द नजोडिने, ‘किराँत’ आउट

प्रदेश १ को नामको विषयमा गठबन्धन दल तथा प्रमुख प्रतिपक्षी दलले भित्रभित्रै छलफललाई सघन बनाएका छन् । दलका नेताहरुले दिएको जानकारी अनुसार प्रदेश १ को नाम प्रदेशसभाको दशौं अधिवेशनबाटै टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको छ ।अहिले प्रदेशको नाम कोशी, सगरमाथा, विराट, कञ्चनजङ्घामध्ये एउटा राख्ने गरी छलफल अगाडि बढेको छ । ‘हामी यही असार १५ गतेसम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेका छौं,’ एक नेताले भने, ‘जात, धर्म, सम्प्रदाय जोडिने गरी नाम आउँदैन, त्यसमा कुनै दुई शब्द पनि जोडिँदैन, त

प्रदेश १ को नामकरण बहस : ओलीलाई मुख्यमन्त्रीको जवाफ– कोशी नाम हुँदैन

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्माले प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने सुझाव दिएसँगै नामकरणको बहस फेरि सुरु भएको छ । प्रदेश १ को नामकरणमा विभिन्न तर्कसहितका प्रस्ताव आइरहेको समयमा ओलीले ‘कोशी’ नाम राख्न सुझाव दिएका हुन् । तर प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले ओलीको सुझाव मान्य नहुने प्रस्ट पारिसकेका छन् ।एमाले अध्यक्ष ओलीले दुई दिनअगाडि झापाको विर्तामोडमा आयोजित एक कार्यक्रममा प्रदेश १ को नाम ‘कोशी’ राख्नुपर्ने बताएका थिए । ‘

प्रदेश सरकारको औचित्यमा प्रश्न

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार बनेको पाँच वर्षपछि प्रदेश–१ को नाम कोशी प्रदेश राख्न सुझाव दिए । प्रेस चौतारीको एउटा कार्यक्रममा उक्त सुझाव दिइरहँदा उनलाई आफ्नो पार्टीको नेतृत्वले करिब चार वर्ष उक्त प्रदेश सरकार सञ्चालन गरेको हेक्का भने भएन । पाँचवर्षे सिङ्गो एउटा कार्यकाल सकिंदासमेत प्रदेश–१ सरकारले आफ्नो प्रदेशको […]

प्रदेश १ को नाम कोशी–किरात : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामा कोशी किरात रहने बताएका छन् । मुख्यमन्त्री राईले तत्कालीन एमाले तथा नेकपा हुँदा संसदीय दलले गरेको निर्णय स्मरण गराउँदै प्रदेशको नाम कोशी किरात हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री राईले रातोपार्टीसँगका कुराकानीका क्रममा भने, ‘स्वतन्त्र भोटिङ गर्ने हो भने बहुमत सांसदले किराँत–सगरमाथा राख्नुपर्छ भन्नेमा मत हाल्छन् तर, दुई तिहाई चाहिं पुग्दैन,’ उनले भने, ‘त्यतिबेलाको नेकपाको संसदीय दलको बैठकमा कुरा राख्दा सगरमाथा किर