विराटनगर : प्रदेश १ को नामकरणका लागि सरकारले आह्वान गरेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा नामबारे छलफल सम्पन्न भएको छ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दलका नेताहरूले नामबारे आफ्नो धारणा राख्दै पुनः बस्ने गरी छलफल सम्पन्न भएको सहभागी नेताहरूले बताए।बैठकमा एमाले नेताहरूले प्रदेशको नाम कोशी राख्नुपर्ने अडान राखेका थिए भने सत्तारुढ दलका नेताहरूले पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने धारणा राखेको संघीय लिम्बुवान राष्ट्रिय मञ्चका तर्