प्रदेश १ को नाम 'कोशी प्रदेश': पक्षमा ८२, विपक्षमा ४ मत

नेकपा एस र जसापले भने प्रदेशको नाम 'किराँत, लिम्बूवान् सगरमाथा प्रदेश' राख्नुपर्ने प्रस्ताव गरेका थिए । तर, प्रदेशसभाबाट उक्त प्रस्ताव अस्वीकृत भएको छ ।

सम्बन्धित सामग्री

कोशी प्रदेश नामकरणको विरोधमा काठमाडौंमा प्रदर्शन

कोशी प्रदेशको नाम खारेजीको माग गर्दै पहिचानवादीले काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रदेश १ को नाम कोशी नामकरण गरेर आदिवासी जनजातिको पहिचान नामेट गरेको भन्दै प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीबार तीनकुनेमा विरोध प्रदर्शनसहित सभा गरेको हो ।

आन्दोलन अधिकार र अस्तित्वको मुद्दा हो : विष्णु तुम्बाहाम्फे

विराटनगर : अघिल्लो कार्यकालको प्रदेशसभा बैठकमा रोष्ट्रमबाटै तत्कालीन प्रदेश १ को नाम ऐतिहासिक पृष्ठभूमि तथा पहिचानको आधारमा हुनुपर्ने माग राख्दै आउने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाम्फे यति वेला सडक आन्दोनमा छिन्।फागुन १७ गते बसेको प्रदेशसभा बैठकले बहुमतका साथ प्रदेश १ को नाम ‘कोशी प्रदेश’ पारित गरेसँगै पहिचान पक्षधर सडक आन्दोलनमा उत्रिएका छन्। पुस ५ गते कोशी नाम खारेजीको माग राख्दै विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लाज

‘कोशी प्रदेश’ विरुद्धकाे आमहड्तालले खोटाङ ठप्प, उदयपुरमा आंशिक प्रभाव

प्रदेश १ को नाम षडयन्त्रपूर्वक पहिचानविहीन ‘कोशी’ राखेको विरोधमा आव्हान गरिएको आइतबारको आमहड्तालले खोटाङ ठप्प हुन पुग्यो।...

प्रदेश १ को नाम अब कोशी, ओलीको अडानमा कांग्रेस र माओवादीको समर्थन

अघिल्लो कार्यकालमा नेकपा एक्लैको प्रष्ट दुई तिहाई मत हुँदा नामकरण हुन नसकेको प्रदेश १ ले बुधबार कोशी नाम पाएको छ । यससँगै संघीयताको एउटा महत्वपूर्ण कोर्स पूरा भएको बताउँछन्, संघीयताविद् डा.खिमलाल देवकोटा ।

प्रदेश १ को नाम कोशी प्रदेश, दुई तिहाई बहुमतले पारित

विराटनगर- प्रदेश १ नाम कोशी प्रदेश दुई तिहाई बहुमतले पारित भएको छ । प्रदेश १ को नाम कोशी प्रदेश कायम गरियोस् भनि प्रस्तावक रामबहादुर रानाले राखेको प्रस्तावको पक्षमा ८२ र विपक्षमा ४ मत परेको हो । ६ जना अनुपस्थित भएका हुन् । ९३ सदस्यीय प्रदेश १ को प्रदेश सभामा मत विभाजनका क्रममा सभामुखसहित ८७ जना सभा सदस्यको उपस्थिति रहेको ...

'कोशी प्रदेश' नामकरणको विरोधमा खोटाङमा प्रदर्शन

प्रदेश १ को नाम 'कोशी प्रदेश' नामकरण गर्न लागिएको भन्दै त्यसको विरोधमा खोटाङमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले मुख्यमन्त्री हिकमत कार्की लगायतको पुतला जलाएका छन् ।

प्रदेश १ को नाम टुंगो लगाउन सर्वदलीय बैठक सुरु

प्रदेश १ मा सर्वदलीय बैठक सुरु भएको छ । बैठकमा प्रदेशको नामकरणको टुंगो लगाउने विषयमा छलफल हुँदैछ । सभामुख प्रदीपकुमार भण्डारीले बैठकको आव्हान गरेका हुन् ।  आगामी साउन ८ गते बस्ने प्रदेशसभाको बैठकपछि नामको विषयमा छलफल सुरु गर्ने तयारी छ । यद्यपि अहिलेसम्म प्रदेश १ को नामकरण के गर्ने भन्ने विषयमा दलहरूको आ–आफ्नै अडान छन् । नेकपा एमालेले कोशी प्रदेश, काँग्रेसले सप्तकोशी, माओवादीले किरात–लिम्बुवान–कोचिला, नेकपा एकीकृत समाजवादीले बहुपहिचानको अडान लिँदै आएका छन् ।

प्रदेश सरकारको औचित्यमा प्रश्न

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकार बनेको पाँच वर्षपछि प्रदेश–१ को नाम कोशी प्रदेश राख्न सुझाव दिए । प्रेस चौतारीको एउटा कार्यक्रममा उक्त सुझाव दिइरहँदा उनलाई आफ्नो पार्टीको नेतृत्वले करिब चार वर्ष उक्त प्रदेश सरकार सञ्चालन गरेको हेक्का भने भएन । पाँचवर्षे सिङ्गो एउटा कार्यकाल सकिंदासमेत प्रदेश–१ सरकारले आफ्नो प्रदेशको […]

प्रदेश १ को नाम ‘कोशी’

प्रदेश संरचना कार्यान्वयनमा आएको पाँच वर्षपछि प्रदेश नम्बर १ को नामकरण भएको छ। प्रदेश सभाको बुधबार बसेको बैठकले ‘कोशी प्रदेश’ नामकरण गरेको हो।