नेपालमा दिन–प्रतिदिन शिक्षाको स्तर खस्किँदै गएको छ । यसमा युगौँ पहिलेदेखि चल्दै आएको प्रतिस्पर्धामा पनि ह्रास आएको छ । अहिले कुनै पनि तहमा ‘टपर’को खासै महत्व देखिँदैन । विगत केही वर्षअघिसम्म एसएलसीमा प्रथम, द्वितीय,...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुख्यसचिव र सचिवहरूलाई सामुदायिक विद्यालयको नतिजा स्तर खस्किएकाे भन्दै यसको सुधारका उपायसहित प्रस्ताव ल्याउन निर्देशन दिएका छन्।मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्यसचिव र सचिवहरूलाई यस्तो निर्देशन दिएका हुन्। उनले संघीयतासँग आधारभूत तहको शिक्षा र स्वास्थ्यको जिम्मेवारी स्थानीय तहलाई सुम्पिएको तर सामुदायिक विद्यालयमा शिक्षाको स्तर किन खस्कियो ? यसको निराकरण के हो? भनेर प्रश्न समेत गरे। &
विकसित मुलुकहरूमा शिक्षाको स्तर उत्कृष्ट छ । स्वास्थ्य सेवा अब्बल दर्जाको छ । सार्वजनिक यातायात सुविधा गजबको छ । कालोबजारी, कमिशनतन्त्र, मिलावट, नातावाद कृपावाद आदि केही छैन । पैसा नभएका कारण कोही पनि शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित हुनु पर्दैन । शिक्षामा राज्यको ठूलो लगानीका कारण सबै नागरिक र तिनका सन्तानले उत्कृष्ट कोटीको शिक्षा र स्वास्थ्यको सुविधा प्राप्त गर्दछन् । मेरिटका आधारमा विद्यार्थीहरूले निष्पक्ष रूपमा मेडिकल, इन्जिनियरिङ आदि क्षेत्रमा शिक्षा आर्जन गर्न सक्छन् ।
भरतपुर महानगरले महानगरका ५ वटा सरकारी विद्यालयलाई स्कुल बस प्रदान गरेको छ । सामुदायिक विद्यालयको शिक्षाको स्तर विकास गरी विद्यार्थी र अभिभावकको प्रमुख रोजाइमा पार्ने योजना र उद्देश्य सहित महानगरले नारायणी नमुना मावि, कविलास मावि, भीमनगर मावि, प्रभात मावि र लक्ष्मी माविलाई स्कुल बस हस्तान्तरण गरेको हो । एक कार्यक्रम आयोजना गरि महानगर प्रमुख रेणु दाहालले विद्यालयका अध्यक्ष र प्रअ लाई बसको साँचो हस्तान्तरण गरेर विद्यालयलाई बस प्रदान गरिन् । रुट पर्मिट र ईन्सुरेन्ससहित प्रति बस
काठमाडौं। नेपालको उच्च शिक्षालाई स्तरीय बनाउन विश्व बैंकले ६० मिलियन अमेरिकी डलर दिने भएको छ। विश्व बैंकले दिने उक्त रकम उच्च शिक्षाको स्तर सुधार्न र अनलाइन सिकाईमा खर्च गर्नुपर्ने छ। कोभिड-१९ महामारीका कारण समस्यामा परेको शैक्षिक क्षेत्रलाई अगाडि ल्याउन उक्त रकम दिने भएको हो।
सीपमूलक शिक्षाको माध्यमबाट युवालाई देश निर्माणको मार्गमा लैजानका लागि थप प्रभावकारी र सहज कार्यक्रम ल्याएर कार्यान्वयनमा जोड दिनुपर्छ । शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभतालाई हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हुँदै आएको छ । देवशमशेर राणाले छोटो समयमा देशभर १ सय ५० भन्दा बढी विद्यालय […]