आइतबार बालकोटमा बसेको निर्णायक बैठकले प्रचण्डलाई साढे २ वर्षका लागि प्रधानमन्त्री बनाउने निर्णय गर्यो । त्यससँगै बार्दलीमा ओली र प्रचण्ड एकसाथ उभिए । समर्थकहरूलाई हात हल्लाए ।
काठमाडौं । स्थानीय तहको निर्वाचन सकिएर नयाँ जनप्रतिनिधिले राम्ररी काम थाल्न नपाउँदै केन्द्रीय सरकार फेरबदल हुने हल्ला चलाइएको छ । यद्यपि, सर्वोच्च अदालतको आदेशबाट गठन भएको वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ढालेर अर्को सरकार बनाउन सर्वोच्चकै आदेश बाधक छ । तर, पनि गठबन्धन दलकै प्रमुख दलका प्रमुख नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न स्थानीय निर्वाचनमा २ वटा गठबन्धनबिच मुख्य प्रतिस्पर्धा हुने बताएका छन् । पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले सत्तारुढ ५ दलको वाम(लोकतान्त्रिक गठबन्धन र एमाले नेतृत्वको ‘होलीवाइन राजा महाराजाहरूको गठबन्धन’ बिच प्रतिस्पर्धा हुने बताए । प्रचण्डले भने, ‘हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्डको गृहजिल्ला भनेर ओली सरकारले चितवनलाई वेवास्ता गरेको आरोप लगाएका छन् ।
मंगलबार विपत् व्यवस्थापन र जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले चितवनको समस्या...
२९ माघ, काठमाडौं । झण्डै दुई साता बालुवाटारको दबाव थेगेको प्रहरीले बिहीबार विहान नेकपा प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्यो । राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि भन्दै पक्राउ गरेको प्रहरीले अदालतमा समेत लैजान आँट गरेन । केही घण्टा प्रहरी हाकिमको कोठामा राखेर छाड्यो । दिउँसो १ बजे शंखमुलस्थित निवासबाट पक्राउ परेकी उनी करिब ५ घण्टा […]
काठमाडौं : नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले माघ २३ गतेसम्मका लागि आन्दोलनको अर्को सूची सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको यो समूहले हरेक तहमा आफ्नो उपस्थिति बलियो बनाउने रणनितिका साथ दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरेको हो।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ संयोजक रहेको केन्द्रीय…
काठमाडौं : राजनीतिक सरगर्मी मात्र होइन, आन्दोलनको पनि सिजन चलेको छ अहिले। हिजो नेपाली काँग्रेसले सबै निर्वाचन क्षेत्रहरुमा प्रदर्शन गर्यो। आज नेकपाको प्रचण्ड-माधवकुमार नेपाल समूहले शक्ति प्रदर्शन गर्यो। हिजोको काँग्रेसको तुलनामा आज नेकपाको यो खेमाले गरेको प्रदर्शनमा मानिसको उपस्थिति बढी थियो। प्रधानमन्त्री केपी ओलीविरुद्ध कडारुपमा नेताहरु प्रस्तुत पनि भए।
नेताको…