सिंगापुर, स्वीजरल्याण्ड र कोरियाबाट सिक्नुपर्ने पाठ

विकसित मुलुकहरूमा शिक्षाको स्तर उत्कृष्ट छ । स्वास्थ्य सेवा अब्बल दर्जाको छ । सार्वजनिक यातायात सुविधा गजबको छ । कालोबजारी, कमिशनतन्त्र, मिलावट, नातावाद कृपावाद आदि केही छैन ।  पैसा नभएका कारण कोही पनि  शिक्षा र स्वास्थ्य सुविधाबाट वञ्चित हुनु पर्दैन । शिक्षामा राज्यको ठूलो लगानीका कारण सबै नागरिक र तिनका सन्तानले उत्कृष्ट कोटीको शिक्षा र स्वास्थ्यको सुविधा प्राप्त गर्दछन् । मेरिटका आधारमा विद्यार्थीहरूले निष्पक्ष रूपमा मेडिकल, इन्जिनियरिङ आदि क्षेत्रमा  शिक्षा आर्जन गर्न सक्छन् ।