लमजुङमा कोदो खेतीप्रति किसानको आकर्षण घट्दो - Naya Patrika
लमजुङमा केही समयअघि कोदोको प्रशस्तै खेती गरिन्थ्यो । मकै, कोदोको ढिँडोफाँडो खाने चलन थियो । तर पछिल्लो समय जिल्लाका किसानले कोदो खेती गर्न छाडेका छन् । युवाशक्ति विदेश पलायन भएसँगै...पूरा पढ्नुहोस् »
काठमाडौं। प्रमुख दलहन बाली मसुरो उत्पादन हुने जमीनको क्षेत्रफल पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले मसुरो उत्पादन हुने जमीनको क्षेत्रफल घटेको देखाएको हो । खेती हुने क्षेत्रफल घट्दा उत्पादन घटेको छ । उत्पादन घटेपछि आयात बढेको छ भने निर्यात घटेको छ ।
मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा नेपालमा २ लाख ६२ हजार ८ सय ३५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो । त्यस वर्ष २ लाख १२ हजार ८ सय ७६ हेक्टर जमीनमा यसको खेती गरिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
त्यसपछिका वर्षहरूमा मसुरो खेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा छ । आव २०७७/७८ मा २ लाख २ हजार ४ सय १६ हेक्टर जमीनमा मसुरो खेती गरिएको थियो । त्यस वर्ष २ लाख ४६ हजार मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ । आव २०७८/७९ सम्म आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर १ लाख ९८ हजार ४ सय हेक्टरमा सीमित भएको छ भने उत्पादन २ लाख ५२ हजार मेट्रिक टन भएको देखिन्छ । मन्त्रालयले मसुरोलाई नेपालको मुख्य दलहन बालीका रूपमा राखेको छ ।
मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले मसुरो खेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । ‘रोगको प्रकोप, बाली भित्त्याउने झन्झटिलो प्रक्रिया, नयाँ जातको बीउप्रति किसानको कम आकर्षण, हिउँदे वर्षाका कारण बाली नष्ट हुने जोखिमका कारण मसुरो खेतीमा किसानको आकर्षण विस्तारै घट्दै गएको छ । हिउँदको समयमा मसुरो खेतीभन्दा किसानको आकर्षण मकै खेतीतर्फ बढेको पाइन्छ,’ उनले भने । साथै बाह्य मुलुकबाट अयात हुने मसुरो दालभन्दा नेपाली मसुरो दाल महँगो पर्ने कारणले बजारमा प्रतिस्पर्धा गर्न पनि समस्या भएको उनले बताए । भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ को पुससम्ममा ७८ करोड १० लाख ११ हजार रुपैयाँको ७ हजार ७ सय ६६ मेट्रिक टन मसुरो आयात भएको छ । सोही अवधिमा नेपालबाट ३० करोड २६ लाख ८१ हजार रुपैयाँको २ हजार १ सय मेट्रिक टन मसुरो निर्यात भएको देखिन्छ ।
कृषिप्रधान मुलुक नारामा मात्रै सीमित हुनु, उत्पादित बालीको बजारीकरणमा राज्यको ध्यान नपुग्नु, किसानले समयमै मलबीउ नपाउनु र किसानलाई प्रोत्साहन नहुनुजस्ता कुराले नेपाली कृषि पछि पर्दै गएको नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले बताए ।
उनका अनुसार केही वर्षअघिसम्म मसुरो निर्यात गर्दा सरकारले भन्सारमा करीब ४ प्रतिशतसम्म प्रोत्साहन दिन्थ्यो । अहिले बन्द गरिदिएको छ । बरु सरकारले अहिले झन् निर्यात शुल्क लिने गरेको व्यवसायीको गुनासो छ । विगतमा नेपालले बंगलादेश, क्यानडा, अस्ट्रेलियालगायत देशमा मसुरो निर्यात गथ्र्यो । अहिले प्रोत्साहन शुल्क बन्द गरेपछि निर्यात गर्ने क्रम घटेको र आयात गर्ने क्रम बढेको अग्रवालले बताए ।
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल घटेसँगै उत्पादनमा कमी आउने अनुमान गरिएको छ । सरकारले तेलहन बालीलाई प्रवर्धन गर्न थालेपछि तोरी खेतीतर्फ किसानको आकर्षण बढ्दो रहेको भए पनि क्षेत्रफल विस्तारमा भने घट्दो रहेको छ ।
लमजुङ – लमजुङमा बर्सेनि मकै उत्पादन घट्दै गएको छ । जिल्लामा बर्सेनि मकै खेतीको क्षेत्रविस्तार घट्दै जाँदा उत्पादन पनि घट्दै गएको हो ।
युवाशक्ति विदेश पलायन हुनु, गाउँबाट शहरबजार बसाइँ सर्ने क्रम बढ्नु, गाउँघरमा जनशक्तिको अभाव हुनु, खेतीयोग्य जमिन बाँझै हुनुका साथै खेतबारीमा लगाइएको मकै खेतीमा बाँदरले सताउने गरेकाले पनि किसानको आकर्षण खासै बढ्न नसकेकाे कृषि ज्ञान केन्द्र, लमजुङका बाली संरक्षण अधिकृत विजयराज पौडेलले बताउनुभयो।
‘युवाशक्ति विदेश भासिएका छन् । गाउँघरमा काम गर्ने मान्छेको अभाव छ । खेती...
काठमाडौं । चैते धान उत्पादन हुने क्षेत्रफल र उत्पादन दुवै घट्दो क्रममा रहेको सरकारी तथ्यांकले देखाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्ला वर्षमा चैतेधान उत्पादन हुने क्षेत्रफल र यसको उत्पादन घट्दै गएको पाइएको हो । सिँचाइ अभावले चैतेधान उत्पादनतर्फ किसानको आकर्षण नबढेको हो ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष (आव) २०७८/७९ मा १ लाख २० हजार ४२ हेक्टर जमीनमा गरिएको खेतीबाट ५ लाख ६१ हजार १ सय ९७ मेट्रिक टन चैतेधान उत्पादन भएको छ । आव २०७९/८० मा उत्पादन क्षेत्रफल ११ हजार ४ सय ३५ हेक्टरले घटेर १ लाख ८ हजार ६ सय ७ हेक्टरमा सीमित भएको छ । यसवर्ष चैतेधानको उत्पादन पनि २० हजार ८ सय ६६ मेट्रिक टनले घटेर ५ लाख ४० हजार ३ सय ३१ टन कायम भएको छ ।
चैतेधान उत्पादन घट्दै जानुमा सरकार नै प्रमुख कारणका रूपमा रहेको राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेम दंगालले बताए । उनका अनुसार चैतेधानको पनि समर्थन मूल्य तोकेर त्यसको सही कार्यान्वयन गर्दै समयमै सरकारले नै खरीद गर्ने व्यवस्था मिलाउन सके र मल, बीउ, सिँचाइको सुविधा दिन सके किसानले उत्पादनमा जाँगर देखाउनेछन् ।
प्रदेशगत रूपमा सबैभन्दा बढी चैतेधान उत्पादन प्रदेश १ मा हुने गरेको तथ्यांकले देखाएको छ । यहाँ ५८ हजार हेक्टर जमीनमा चैतेधान खेती हुन्छ । उक्त क्षेत्रफलको खेतीबाट ३ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । यो कुल उत्पादनको आधाभन्दा बढी हो ।
कर्णाली प्रदेशमा सबैभन्दा कम चैतेधान उत्पादन हुने गरेको तथ्यांकले देखाएको छ । कर्णालीमा १ सय ९१ हेक्टर जमीनको खेतीबाट करीब साढे ८ सय मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।
सरकारले चैतेधान उत्पादनमा सम्भावना राम्रो रहेको बताए पनि किसानको आकर्षण घट्दै जानुमा सिँचाइको अभाव प्रमुख कारणका रूपमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । ‘धानबालीका लागि नियमित सिँचाइ हुनु अपरिहार्य हुन्छ तर चैतेधान रोप्ने समयमा आकाशबाट पानी पर्दैन । जहाँ कुलो वा नहरको व्यवस्था हुन्छ त्यस्तो ठाउँमा मात्रै चैतेधान खेती हुन्छ,’ उनले भने ।
चैतेधानको समयावधि (धान रोपेदेखि पाक्ने समय) पनि वर्षे धानको भन्दा करीब ३० दिन बढी हुने भएकाले अर्को बालीलाई असर गर्ने समस्या धेरै हुन्छ । यसले गर्दा किसानले यसको खेती कम गर्छन् । वर्षेधान पाक्ने न्यूनतम समय १ सय २० दिन हो भने चैतेधान पाक्ने समय १ सय ५० दिन हो । यसका साथै चैतेधानमा ओसिलोपन बढी हुने हुँदा सुकाउन प्रशस्त समय चाहिन्छ । चैतेधान थ्रेसिङ गरेर सक्नेबित्तिकै किसानले वर्षे धानका लागि तयारी गर्नुपर्ने हुन्छ । यसले गर्दा धान सुकाउन किसानलाई समय हुँदैन । चाँडो सुकाउने मेशिनको अभाव छ । उत्पादन सम्भावनातर्फ हेर्दा अहिलेकै अवस्थामा पनि १ लाख हेक्टर क्षेत्रफल बढाउन सकिने अवस्था छ । तर, विभिन्न समस्याका कारण उत्पादन बढाउन नसकिएको सञ्जेल बताउँछन् ।
बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरुपमा खेती […]
भोजपुर– बहुउपयोगी अन्नको रुपमा रहेको कोदो खेतीमा भोजपुरका किसानको आकर्षण घट्दै गएको छ । नेपालको चौथो मुख्य बालीका रुपमा रहेको कोदोबाट राम्रो आम्दानी नभएपछि किसानमा यसको खेतीप्रति आकर्षण घट्दै भएको हो । यहाँका अधिकांश ठाउँमा कोदो फल्ने भए पनि पछिल्लो समय कमै मात्र किसानको रोजाइमा यो बाली पर्ने गरेको छ । आफूले खानका लागि सामान्यरूपमा […]
लमजुङ – पहाडी जिल्ला लमजुङमा कोदो खेतीमा किसानको आकर्षण घट्दो छ । खेताला पाउन गाह्राे, लागत र मेहनतको तुलनामा उत्पादन कम हुने भएकाले लमजुङमा कोदो खेतीमा किसानको आकर्षण बढ्न नसकेको र उत्पादन घट्दो मात्रामा रहेको कृषि ज्ञान केन्द्र लमजुङका कृषि अर्थ विज्ञ एवम् सूचना अधिकारी मदन रेग्मीले जानकारी दिनुभयो ।
पुरानै बिउ तथा परम्परागत ढङ्गले कोदो खेती गर्नाले पनि लमजुङमा कोदोको उत्पादन बढ्न सकेको छैन । लमजुङमा गएकाे वर्ष सात हजार पाँच सय २५ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा सात हजार पाँच सय १५...
भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन् । कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो ।
जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो । यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपालि सात हजार बिघामा झरेको छ ।