गण्डकी प्रदेश सरकारको कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले सूचनाको हक सम्बन्धी विधेयक ल्याउने तयारी गरेको छ । सोमबार मन्त्रालयले हालसम्म गरेको प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री विन्दु कुमार थापाले सूचनाको हक सम्बन्धि प्रदेश कानुनको प्रारम्भिक मस्यौदा तयार गरिएको जानकारी गराए । उनले यससम्बन्धि सरोकारवालाहरुसँग राय सुझाव लिई गण्डकी प्रदेश सभाको आगामी अधिवेशनमा पेश गरिने बताए । मन्त्री थापाले प्रदेश कानुन पुनरावलोकन समितिले प्रदेश कानुनमा संशोधन गर्नुपर्ने विषयको पहिचान गरेक