बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकार र मातहतका कार्यालयहरु सूचनाको हक कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएका छन् । उनले सोमबार हेटौंडामा आयोजित सूचनाको हक प्रवद्धन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका सबै मन्त्रालय र सरकारी तथा मातहतका अन्य कार्यालयहरूमा नागरिकलाई सहज रुपमा सूचना पाउने वातावरण निर्माण गरिने बताए ।उनले कार्यालयहरूबाट नागरिकहरुलाई सहजै सूचना पाउने वातावरण बनाउन सम्बन्धित निकायका सूचना अधिकारीहरुलाई निर्देशनसमेत दिए । सूचना