पाकिस्तान आर्थिक विपत्तिउन्मुख अवस्थामा छ। पाकिस्तानमा कतिसम्म आर्थिक संकट छ भन्ने कुरा त्यहाँकै एक संघीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ। किनकी देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटैती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्। एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम […]