नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकार कमिसनखोरी अर्थतन्त्र विकास गर्न लागिरहेको बताए ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खनालले चिया उत्पादनको विषयलाई बेवास्ता गरेको भन्दै सरकार कमिसनखोरी अर्थतन्त्र विकासमा लागेको बताएका हुन् ।