पाकिस्तान आर्थिक विपत्ति उन्मुख अवस्थामा छ। सरकारलाई देशको अर्थतन्त्रलाई कसरी बचाउने भन्ने कुनै ठोस तरिका थाहा छैन। पाकिस्तानमा कतिसम्म आर्थिक सङ्कट छ भन्ने कुरा त्यहाँकै एक सङ्घीय मन्त्रीको भनाइबाट पनि पुष्टि हुन्छ। किनकि देशको अर्थतन्त्र जोगाउन भन्दै एक जिम्मेवार मन्त्रीले चिया कटौती गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।