इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।