मनसुन फेरि सक्रिय हुँदा आइतबार राति काठमाडौँ उपत्यकामा १८ वर्षपछि अति ठूलो वर्षा भएको छ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको वर्षा मापन स्टेसनमा रेकर्ड भएअनुसार राति १२१.५ मिलिमिटर वर्षा भएको हो । १८ वर्षअघि सन् २००२ ज्ुलाई २३ मा काठमाडौँमा १७७ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि सन् १९८७ मा १२४.४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागस्थित जलवायु विश्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलले...