भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ । हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए । यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन्